उर्लाबारी । मोरङको उर्लाबारी उद्योग वाणिज्य संघले संसदको विषयगत समितिमा अन्तिम छलफल भइरहेको विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० को प्रावधानप्रति आपत्ति जनाएको छ ।
संघले एक विज्ञप्ति जारी गर्दै निजी विद्यालयले दिएको गुणस्तरीय शिक्षा र योगदानलाई सरकारले अवमूल्यन गरेको आरोप लगाएको हो । संघका अध्यक्ष तारामान सिरेङद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारी र सामुदायिक विद्यालय प्रभावकारी बनाउन नसकिएको अवस्थामा निजी विद्यालयलाई निरुत्साहित गर्न खोजेको भन्दै विरोध जनाएको छ । संघले विधेयक पुनःविचार गर्न सरकारलाई आग्रह गर्दै निजी तथा आवासीय विद्यालयको पक्षमा समर्थन रहने जनाएको छ ।

May be an image of text

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय