पथरी । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नेपाललाई विभिन्न जातजाति, भाषा, धर्म र संस्कृति भएको साझा फूलबारीका रूपमा व्याख्या गर्दै राष्ट्रिय अखण्डता र एकतालाई मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् ।
उनले शुक्रबार मोरङको पथरी शनिश्चरे–२ स्थित श्री रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालय तथा ऋतम्भरा कलेजमा आयोजित स्वागत तथा अभिमुखीकरण कार्यक्रममा मुलुकको विविधतालाई स्वीकार गर्दै एकताको सूत्रमा अघि बढ्नु आजको आवश्यकता भएको बताएका छन् ।
कार्यक्रममा विद्यालयका निर्देशक तथा प्रिन्सिपल टीएन तिम्सिनाले रेडस्टार मावि र ऋतम्भरा कलेजले विगत सात वर्षदेखि निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको जानकारी दिनुभयो। हालै राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको नतिजामा कक्षा १२ मा ३.९६ जिपिए ल्याउन सफल विद्यार्थी चन्दन शाहलाई प्रदेश प्रमुख खापुङ र नेपाली चलचित्रका महानायक राजेश हमालले संयुक्त रूपमा सम्मान गरेएका थिए।
सो अवसरमा राजेश हमालले रेडस्टार मावि र ऋतम्भरा कलेजलाई अब्बल दर्जाको शैक्षिक हबका रूपमा स्थापित भएको भन्दै विद्यार्थीलाई शैक्षिक उन्नतिका लागि शुभकामना दिनुभयो। उहाँले कक्षा ११ र बि.बि.एस. प्रथम वर्षमा भर्ना भएका विद्यार्थीलाई उत्प्रेरणात्मक अनुभव पनि सुनाउनुभएको थियो। विद्यार्थीहरूले गीत र नृत्य प्रस्तुत गरेर राजेश हमाललाई समेत स्टेजमा छमछमी नचाएका थिए।
कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख देवीमाया काफ्ले, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, शिक्षा शाखा प्रमुख नवीन खुलाल बुढाथोकी, विभिन्न वडाध्यक्षहरू नैना राई, लोककिरण न्यौपाने, विजय लिम्बु, उद्घव बस्नेत, कृष्णबहादुर बस्नेत, उद्ववराज बस्नेत, ईलाका प्रहरी कार्यालय पथरीका डीएसपी तुलसीराम अर्याललगायतको उपस्थिति थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय