उर्लाबारी । पत्रकार सरोज बस्नेत सम्मानित हुनुभएको छ । शनिबार मैथिली समाज सेवा समिति उर्लाबारीको पाँचौ बार्षिक तथा चुनाबी साधारणसभा पत्रकार बस्नेतलाई सम्मान गरिएको हो ।
पत्रकारिताको क्षेत्रबाट समाजमा प्रत्यक्ष परोक्ष रुपमा पु¥याएको योगदानको कदर स्वरुप पत्रकार बस्नेतलाई सम्मान गरिएको छ । डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार बस्नेत पत्रकारितासँगै सामाजिक कार्यमा पनि सक्रिय रहनुभएको छ । पूर्वी कमाण्ड मिडियाका अध्यक्षसमेत रहनुभएका बस्नेत अनलाइन टिभी पत्रकार संघ कोशी प्रदेशका सचिब रहनुभएको छ ।























