उर्लाबारी । ‘सबै जागौं, आफ्नो घर÷गाउँ÷टोल सफा राखौं’ भन्ने नारासहित सरसफाई अभियान सुरु भएको छ ।
अभियानकै क्रममा शनिबार मोरङको उर्लाबारी–७ को मावा परियोजनामा सरसफाई गरिएको हो । पहिलो दिनको कार्यक्रम उर्लाबारी क्लबको संयोजनमा भएको थियो । उर्लाबारी क्लबका अध्यक्ष दिनेश श्रेष्ठले सरसफाईलाई केवल एक दिनको क्रियाकलाप नभई, नियमित बानी बनाउनुपर्नेमा जोड दिनुभयो । ‘हाम्रो टोल सफा हुनु भनेको हाम्रो स्वास्थ्य सुरक्षित हुनु हो । यो अभियानले स्थानीयमा चेतना जगाउने छ, र हामीले निरन्तरता दिन सक्यौं भने उर्लाबारीलाई आदर्श शहर बनाउन सकिन्छ,’ उहाँले भन्नुभयो ।
सरसफाई कार्यक्रम संयोजक सरोज बस्नेतले टोलका सबै परिवारले हप्तामा एक दिन सामूहिक सरसफाई गर्ने बानी बसाल्न सके दीर्घकालीन प्रभाव पर्ने बताउनुभयो । उहाँले अभियानलाई निरन्तर अघि बढाउने जानकारी दिनुभयो । ‘सरसफाई मात्रै होइन सबैलाई चेतना जगाउन यो अभियान चालिएको हो’ उहाँले भन्नुभयो –‘सबै एकजुट भएर अभियानलाई सबै गाउँ, टोलसम्म पु¥याउन जरुरी छ ।’
अभियानमा टोलका बालबालिका देखि वृद्धवृद्धासम्मको सहभागिता पाएको अभियानका सदस्य अनिश धिमालले बताउनुभयो । सबैले एकसाथ झाडी हटाउँदै सफा र सुन्दर शहर बनाउन जरुरी रहेको उहाँको भनाई छ । अभियानको सदस्यहरुमा अर्जुन लिम्बू, विक्रम गुरुङ, चिराग राई, सन्देश कार्की, सन्तोष दाहाल, नेकपा माओवादी केन्द्र उर्लाबारीका नगरअध्यक्ष गजेन्द्र दंगाललगायतको उल्लेखिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय