कानेपोखरी गाउँपालिकाभित्रका घरबारविहीन अति विपन्न परिवारलाई घर हस्तान्तरण गरिएको छ । पालिकाका ४१ अति विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको हो ।
शनिबार मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल, प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारी, गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला अधिकारी लगायतको उपस्थितिमा घर हस्तान्तरण गरिएको हो ।
साहारा नेपाल र ह्याविट्याट नेपालको सहकार्यमा गाउँपालिकाले वडा नम्बर १ को झरनाघुटुमा ११ घर र वडा नम्बर ३ को छाता चोकको कोलटोलमा ३० घर गरी ४१ घर निर्माण गरेको थियो ।
आवासहरु २ करोड २८ लाख १ हजार ३३० रुपैयाँको लागतमा निर्माण भएका हुन् । प्रति घर ५ लाख ५६ हजार १३० रुपैँयाको लागतमा निर्माण भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय