जनताको आवाज बुलन्द गर्ने कसम खाएर संसद्मा प्रवेश गर्ने सांसद् धेरैजसोले कार्यकालभरि मौन साध्ने गरेका उदाहरण प्रशस्त छन्। तर, मोरङको उर्लाबारीकी समानुपातिक सांसद शोभा चेम्जोङ पालुङ्वा भने अपवाद साबित हुनुभएको छ ।
२०७९ पुस ११ गतेबाट सुरु भएको कोशी प्रदेशसभाको दोस्रो कार्यकाल हाल सातौँ अधिवेशनसम्म आइपुगेको छ। यस अवधिमा १ सय २५ बैठक सम्पन्न भइसकेका छन्। ती बैठकमा सहभागी ३१ महिला सांसदमध्ये सबैभन्दा धेरै पटक सदनमा बोल्ने सांसदका रूपमा पालुङ्वा पहिलो नम्बरमा रहनुभएको छ ।
अहिलेसम्म उहाँले ३५ पटक शून्य समय, विशेष समय, सैद्धान्तिक छलफल र पार्टीको आधिकारिक धारणा राख्दै सदनमा आवाज उठाइसक्नुभएको छ । यो सक्रियताले उहाँलाई प्रदेशसभामै ‘सबैभन्दा धेरै बोल्ने महिला सांसद’ बनाएको छ।
पालुङ्वाले संसद्मा उठाउने विषय पनि प्रत्यक्ष जनजीवनसँग गाँसिएका छन्। विभिन्न समयमा प्राकृतिक प्रकोप, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सञ्चार लगायतका मुद्दा उठाएर उहाँले प्रदेशसभा मात्र होइन, आम जनताको पीडा र अपेक्षालाई पनि उच्च स्तरमा पु¥याउने काम गर्नुभएको छ । निरन्तर बोल्ने साहस र स्पष्ट धारणा राख्ने क्षमताका कारण पालुङ्वालाई आज कोशी प्रदेशसभामा सबैभन्दा सक्रिय महिला सांसदका रूपमा हेरिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय