
उर्लाबारी नगरपालिकाले सडकको खाल्डा पुर्न चासो नदिएपछि स्थानीयवासी आफैं सक्रिय बनेका छन् । उर्लाबारी–१ का चेतराज श्रेष्ठको नेतृत्वमा स्थानीयले उर्लाबारी–५ र ६ को सिमानामा पर्ने सडकका खाल्डाखुल्डी गिट्टी हालेर पुर्ने काम गरेका हुन् । सडकमा दिनप्रतिदिन बढ्दो दुर्घटना जोखिम र पैदलयात्री तथा सवारी चालकलाई हुने असुविधा देखेर स्थानीयले आफ्नै पहलमा मर्मत गरेका हुन् । उनीहरुले नगरपालिकाले लामो समयदेखि बेवास्ता गरेको भन्दै आफैले मर्मतको काम गरेका हुन् । साथै, सडक क्षेत्रमा झाँडीसमेत फाड्ने काम गरिएको उर्लाबारी–१ का पूर्व वडाध्यक्ष मचिन्द्रकुमार कार्कीले बताउनुभयो ।