उर्लाबारी, मोरङको रतुवामाई नगरपालिका वडा नम्बर १ चुनीमारीमा कार्यरत सशस्त्र प्रहरीका एक हवल्दार ब्राउनसुगरसहित पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म बरडंगामा खटिएका पर्सा वीरगञ्ज घर भएका ३६ वर्षीय हवल्दार मनिष गिरीलाई ओछ्यानको सिरानीमुनि लुकाइराखिएको अवस्थामा ३० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको हो।
गिरीलाई सशस्त्र प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको मोरङ प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार हवल्दार गिरीविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ। अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय