उर्लाबारी, मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ३ केर्खाली चोक निवासी अनुसा चापागाई धमलाको ५ वर्षीय छोरा एरोन धमलालाई ब्रेन ट्युमर भई हालसम्म काठमान्डौस्थित टिचिङ अस्पतालमा ५ पटक शल्यक्रिया गरिएको छ ।
परिवारकाअनुसार पछिल्लो समय उनलाई क्यान्सर समेत देखिएको छ । हाल उनको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । यस्तै उनको थप उपचारका लागि करिब २० लाख रुपैयाँभन्दा बढी रकम आवश्यक पर्ने परिवारस्रोतले जनाएको छ । उपचारमा लाखौ रकम खर्च भईसकेतापनि थप रकम अभावको कारण छोराको उपचारमा समस्या भएको अनुसाले बताईन् ।
उनले सहयोगी मनहरुप्रति छोराको थप उपचारमा आर्थिक सहयोगको अपिल गरेकी छिन् । सहयोगी मनहरुलाई निम्न नम्बरमा सम्पर्क गरी यसैसाथ सलंग गरिएको क्युआरमार्फत स्वेच्छाले उपचार्थ रकम सहयोगको लागि हार्दिक अपिल गर्दछौं ।
सम्पर्क: 9817330626

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय