विराटनगर । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति अनलाइन टिभी पत्रकार संघ, कोशी प्रदेशले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
संघले विहीबार विज्ञप्ति जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयले प्रेस स्वतन्त्रता र नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गरेको टिप्पणी गरेको हो । सचिब सरोज बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्नु नागरिकको सूचना पाउने अधिकारमाथि ठूलो आघात हो ।’ पत्रकार संघले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचना पाउने अधिकारलाई कुण्ठित गर्ने कुनै पनि कदम स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ ।
विज्ञप्तिमा भनिएको छ,‘नागरिकको सूचना पाउने अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै तत्काल सामाजिक सञ्जालमाथि लगाइएको नियन्त्रण हटाउन सरकारसँग जोडदार माग गर्दछौं ।’ अनलाइन टिभी पत्रकार संघ, कोशी प्रदेशले सरकारलाई चाँडै निर्णय सच्याउन आग्रह गर्दै सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने कुनै पनि प्रयासविरुद्ध दृढतापूर्वक उभिने जनाएको छ ।

May be an image of text

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय