
उर्लाबारी । सामाजिक उत्तरदायित्वलाई प्रमुख कार्यक्षेत्र मानेर अघि बढेको एन्जल फाउन्डेसन, उर्लाबारी–७ ले स्वास्थ्य क्षेत्रमै उल्लेखनीय उपलब्धि हासिल गरेको
छ ।
फाउन्डेसनको सहयोगी संस्था फरिस्ता क्लिनिक मार्फत हालसम्म सञ्चालन गरिएका १ सय ५६ वटा स्वास्थ्य सचेतना कार्यक्रममा करिब २९ हजार ४ सय जना सहभागी भएका छन् । उक्त अभियानमार्फत सहभागीमध्ये १२ हजार ४ सय ७० जनाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् । नियमित स्वास्थ्य जाँच, सन्देशमूलक तालिम र सामुदायिक सचेतना कार्यक्रममार्फत जनस्वास्थ्यको स्तर उठाउने अभियानलाई स्थानीयवासीले प्रशंसा गरेका छन् ।
संस्थाले विशेषगरी ग्रामीण तथा कमजोर आर्थिक अवस्था भएका परिवारलाई प्राथमिकता दिँदै निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउँदै आएको छ । एन्जल फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत जयसिंह राजवंशीका अनुसार यस अभियानलाई अझ विस्तार गर्ने योजना रहेको छ ।
फाउन्डेसनको मुख्य कार्यालय उर्लाबारीमै अवस्थित रहेकाले यस क्षेत्रका बासिन्दाले सहज रूपमा सेवा लिन पाउने विश्वास गरिएको छ । स्थानीयहरूका अनुसार, ‘फाउन्डेसनले सञ्चालन गरेका कार्यक्रमले गाउँघरमा स्वास्थ्य सचेतना र उपचार दुवै पहुँचयोग्य बनेको छ ।’ एन्जल फाउन्डेसनको निरन्तर सक्रियता र फरिस्ता क्लिनिकको सहकार्यले मोरङ मात्र नभई कोशी प्रदेश, मधेश प्रदेश र बागमति प्रदेशमा शाखा कार्यालय स्थापना गरी सेवा प्रवाह गरिरहेको छ । विभिन्न विद्यालय, साना किसान कृषी सहकारी, लघु वित्तिय संस्थालगायतको सहकार्यमा बृहत स्वास्थ्य सचेतना कार्यक्रम गरिरहेको छ । भदौं ११ गतेदेखि असोज ११ गतेसम्म विहान १० बजेदेखि दिउँसो २ बजेसम्म निःशुल्क सुगर÷ब्लडप्रेसर जाँच, बलड गु्रपिङ जाँच र पाईल्स, फिसर तथा फिस्टुलाको विशेषज्ञ डाक्टरहरुद्धारा निःशुल्क जाँच गरिएको
फरिस्ता क्लिनिकका सन्तोष कार्कीले जानकारी दिनुभयो ।