उर्लाबारी । शिक्षा केवल किताबमा सीमित हुँदैन, जीवनलाई दिशा दिने संस्कारसँग पनि जोडिन्छ भन्ने सन्देशसहित मोरङ मोडल कलेजले विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
शनिबार उर्लाबारी–४ स्थित बशिष्ट रिसोर्टको रमणीय वातावरण विद्यार्थीहरुको उत्साह, गीत–संगीत र तालीको गडगडाहटले गुञ्जिएको थियो । कलेजले यसपटक कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई आत्मीय स्वागत गर्दै विविएस उत्तीर्ण गरेर कलेजबाट बिदा लिएका विद्यार्थीलाई सम्मानपूर्वक विदाई गरेको छ ।

May be an image of 6 people, dais and text

कार्यक्रममा उर्लाबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेले वर्तमान समयमा गुणस्तरीय शिक्षा मात्र होइन, संस्कारसहितको शिक्षा सबैभन्दा ठूलो आवश्यकता भएको बताउनुभयो । ‘शिक्षक, विद्यार्थी र अभिभावक — तीनै पक्षको बराबरको भूमिकाबाट मात्र शिक्षामा गुणस्तर आउँछ,’ उहाँले भन्नुभयो । कलेजका अध्यक्ष अमृतकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेल, प्याब्सन उर्लाबारीका अध्यक्ष सूर्य पौडेल, विद्यालयका प्रिन्सिपल मात्रिकाप्रसाद खतिवडा, कलेजका प्रिन्सिपल हेमन्त गौतमलगायत वक्ताहरुले शिक्षाको महत्व र विद्यार्थीको भविष्यबारे आफ्ना विचार राख्नुभयो । सो अवसरमा उत्कृष्ट नतिजा ल्याएर कलेजको नाम उज्ज्वल बनाउने विद्यार्थीलाई पुरस्कार तथा सम्मान गरिएको छ । विद्यालयका पूर्व प्रिन्सिपल सन्दिप पौडेल, शिक्षक योगेन्द्र बस्नेत र सवारी चालक अमर कटुवाललाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । विद्यार्थीहरुले प्रस्तुत गरेका नृत्य, गायन र सांगीतिक प्रस्तुतीले माहोललाई झनै उत्साहपूर्ण बनायो । विद्यार्थी स्वागत र विदाई मात्र नभई, यो कार्यक्रमले शिक्षा र संस्कारको सहयात्रा कस्तो हुनुपर्छ भन्ने सन्देश पनि समाजलाई दिएको छ ।

May be an image of 7 people and text

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय