काठमाडौं, आजदेखि सोह्र श्राद्ध सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदासम्मका १६ तिथिमा दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्डदान गरिन्छ ।

यसै अवसरमा काठमाडौंको पशुपतिनाथ, गोकर्ण लगायतका पवित्र स्थलमा सोह्र श्राद्ध गर्नेको भीड लाग्ने गर्दछ । श्राद्धको पहिलो दिन सोमबार बिहानैदेखि काठमाडौंको प्रमुख तीर्थस्थल पशुपतिनाथ क्षेत्रमा आफन्त गुमाएका श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति देखिएको छ । बागमती नदी किनारमा पुजारीको सहायता लिँदै दिवङ्गत आत्माहरूको शान्तिका लागि तर्पण र पिण्डदान गर्नेहरूको घुइँचो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय