काठमाडौं। नेपाली कांग्रेसको शेखर कोइराला समूहका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन्। चीन भ्रमणमा रहेका नेता कोइरालाले फोनमार्फत राजीनामा दिन निर्देशन दिएको कृषिमन्त्री रामनाथ अधिकारीले बताए।

शेखर समूहबाट सरकारमा रामनाथ अधिकारी (कृषि), बद्री पाण्डे (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन) र तेजुलाल चौधरी (युवा तथा खेलकुद) मन्त्री छन्। सोही समूहका गृहमन्त्री रमेश लेखकले सोमबार साँझ राजीनामा दिइसकेका छन्।

सोमबार जेन-जी युवाको विरोध प्रदर्शनमा प्रहरी दमनका क्रममा काठमाडौंमा १७ र उपत्यका बाहिर २ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय