
उर्लाबारी । नेपाल तरुण दल उर्लाबारीका उपसभापति प्रभू राईले नेपाली कांग्रेस परित्याग गर्दै क्रियाशिल सदस्य च्यात्नु भएको छ ।
जेन जीहरुको प्रदर्शनमा सरकारले दमन गरी १९ जना युवाको हत्या गरेको ठहर गर्दै उहाँले पार्टी परित्याग गर्नुभएको हो । उहाँले लेख्नुभएको छ,‘ आजबाट म नेपाली कांग्रेसको क्रियाशिल सदस्य तागेको घोषण गर्दछु । र, परिचय पत्र च्यातेर फाल्दैछु । हिजोको घटनाको दोषी कांग्रेस र एमालका युवाहरु पनि हो ।’