
मोरङ जिल्लामा आज पनि निधेषाज्ञा र कर्फ्यु जारी छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार शुक्रबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म निषेधाज्ञा र साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो।
तर यस अविधिमा पनि अत्यावश्यक सेवा, बैंक तथा वित्तीय संस्था भने सीमित कर्मचारीका साथ सञ्चालन गर्न पाइने माेरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। निषेधाज्ञा र कर्फ्यु पालनाका लागि नागरिकलाई बुझाउन समस्या हुँदा सेनाले बल प्रयाेग गर्नु पर्ने अवस्थासमेत आएकाे बताइएको छ।
बिहीबार समयमै सूचना प्रवाह नहुँदा कर्फ्यु कार्यान्वयनमा कठिनाइ भएको बताउँदै आज विशेष ध्यान दिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताएका छन्।