उर्लाबारी । मोरङको उर्लाबारी उद्योग वाणिज्य संघले इलाका प्रहरी कार्यालय उर्लाबारीमा सरसफाई कार्यक्रम गरेको छ ।
संघका पदाधिकारी, सदस्य तथा स्थानीयहरूको सहभागितामा शनिबार सरसफाई कार्यक्रम गरिएको हो । पूरानो भवनमा भएको आगलागीबाट कार्यालय परिसरमा क्षति पुगेको छ । गत भदौ २४ गते जेन जीको नाममा परिचित अराजक समूहले कार्यालयमा आगजनी गरेको थियो । आगलागीबाट भवन, ढोका–झ्याल, फर्निचर लगायतका सामग्रीमा ठूलो क्षति पुगेको थियो ।
उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरेङले प्रहरी प्रशासनलाई सहयोग गर्ने उद्देश्यले सरसफाई कार्यक्रम गरिएको र रंगरोगनलगायतका काम समेत गर्ने जानकारी दिनुभयो । उहाँले यस्ता घटनाबाट विचलित नभई शान्ति सुरक्षा कायम राख्न प्रहरीलाई अनुरोध गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय