उर्लाबारी नगरपालिका–७ की वडा सदस्य तथा नगर कार्यपालिका सदस्य मनमाया तामाङले जेन जी आन्दोलनका क्रममा क्षति पुगेको वडा कार्यालय मर्मतका लागि २१ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ।
वडाको कार्यालय भवन क्षतिग्रस्त भएपछि कार्यालयका सेवा अवरुद्ध हुन नदिन उहाँले व्यक्तिगत रूपमा सहयोग गर्नुभएकाे हो। उहाँले वडा पुनः सञ्चालनका लागि स्थानीय बासिन्दालाई पनि सक्दो सहयोग गर्न अपिल गर्नुभएको छ।
“जनताको काम रोकिनु हुँदैन। सबै मिलेर क्षति पुगेको वडा कार्यालय पुनः मर्मत गरेर सेवा निरन्तरता दिनुपर्छ,” वडा सदस्य तामाङले बताउनुभयो। यसअघि आन्दोलनका क्रममा कार्यालय भवनसहित भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको थियो। वडावासी र जनप्रतिनिधि मिलेर अब चाँडै मर्मत कार्य अघि बढाइने जनाइएको छ।























