उर्लाबारी । जेन–जी आन्दोलनका सुरुवाती नेतृत्वकर्ता मिराज ढुंगाना लामो समयपछि सार्वजनिक भएका छन् ।
सामाजिक सञ्जाल टिकटकमार्फत भिडियो सन्देश जारी गर्दै उनले आफू सुरक्षित रहेको र कसैले कैद नगरेको स्पष्ट पारेका हुन् । ‘मेरोबारेमा धेरै चिन्ता गरिएको पाएँ। । म एकदम सेफ छु । हामी ठूलो चेन्जबाट गुज्रेका छौँ । धेरै राम्रो पनि भएको छ, केही नराम्रो पनि भएको छ । अब जे हुनु भयो, हामीले अन्तरिम सरकार ल्यायौँ र यो खुसीको कुरा हो । मलाई कसैले कैदी बनाएको केही छैन । तपाईंहरू ढुक्क हुनुस्, मिराजले भिडियो सन्देशमा भनेका छन् ।
मिराजले प्रारम्भिक चरणमै जेन–जी आन्दोलनको नेतृत्व लिएका थिए । तर, आन्दोलन उग्र र हिंसात्मक बन्दै गएपछि उनी सार्वजनिक रूपमा देखिन छाडेका थिए । त्यसपछि सुदन गुरुङलगायतका युवाले आफूहरू नेता भएको दाबी गरे । तर, पछि गुरुङ स्वयंले आफू नेता नभई केवल स्वयम्सेवकको रूपमा आन्दोलनमा सहभागी भएको भन्दै भिडियो सार्वजनिक गरेका थिए ।
यता, मिराज लामो समयसम्म सार्वजनिक नभएपछि उनको अवस्थाबारे सामाजिक सञ्जालमा व्यापक चासो व्यक्त भएको थियो । कतिपयले उनलाई पक्राउ गरिएको वा बेपत्ता पारिएको दाबीसमेत गरेका थिए । मिराजको भिडियो सन्देशसँगै ती सबै आशङ्का अन्त्य भएको छ ।
यसअघि, जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले लिएकै दिन मिराज सार्वजनिक भएका हुन् ।

उनले भिडियो सन्देशमार्फत आन्दोलनले ल्याएको परिवर्तनलाई सकारात्मक रूपमा स्वीकार गर्न आग्रह गर्दै, अब देश नयाँ चरणमा प्रवेश गरेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय