उर्लाबारी । जेन जी आन्दोलनपछि मुलुकको राजनीति कता मोडिन्छ भन्नेबारेमा अन्यौलता बढ्दो छ । स्थापित दलहरूको विश्वासनीयता कमजोर बन्दै गएको यो घडीमा, कतिपय नेताहरू अझै सत्ताको भागबन्डा र व्यक्तिगत अहमतामा रमाइरहेका देखिन्छन् । तर, यही परिस्थितिमा निरन्तर जनताको पक्षमा खटिरहनुभएको छ, माओवादी नेता तथा पूर्व प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ।
लिम्बू राजनीतिको मुख्यधारमा आइपुग्नुअघि जनयुद्धको कठिन यात्रामा सक्रिय नेता हुनुहुन्थ्यो । उहाँले भन्नुभयो–‘जनताको अधिकार स्थापित गराउन मृत्युलाई स्वीकार गरेरै जनयुद्धमा होमिएको हुँ, त्यसैले जनताभन्दा माथि कोही हुन्न ।’ उहाँको राजनीतिक जीवनलाई नियाल्दा जनतासँगै बाँच्ने र जनताकै लागि लड्ने निरन्तर अभ्यास देखिन्छ ।
उहाँले धेरैपटक सार्वजनिक रूपमा भन्नुभएको छ –‘जनताभन्दा ठूलो कसैलाई ठान्दिनँ ।’ यो भनाइ अहिलेको सन्दर्भमा झनै प्रासंगिक बनेको छ, जहाँ जनताले नेताहरूको घमण्ड र अहमताको साँघुरो घेरा तोडिदिएका छन् ।
जेन जी आन्दोलन केवल संरचनामा भएको भौतिक क्षतिबारे मात्र नभई राजनीतिको मूल संरचनाप्रति जनताको असन्तुष्टि पनि हो । लिम्बूका अनुसार, यस आन्दोलनले सबै दल र नेताहरूलाई एउटा गहिरो चेतावनी दिएको छ—‘अब पनि नेताहरुले अहमतामा रमाइरहने हो भने कहिल्यै टाउको उठाउन नसकिने अवस्था आउनेछ ।’
स्थानीय भन्छन्, लिम्बूको नेतृत्वशैली अन्य नेताभन्दा भिन्न छ। उहाँ पद, हैसियत वा सत्ता केन्द्रित नभई, स्थानीय तहमा पुगेर जनताको समस्या बुझ्न र समाधान खोज्नमा सक्रिय हुने गर्नुहुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय