उर्लाबारी । उर्लाबारी सुरक्षा युवा समितिले विभिन्न सहयोगीदाताबाट संकलन गरेको सहयोग स्वरूप इलाका प्रहरी कार्यालय उर्लाबारीलाई खाट, कुर्सी, टेबुल, ग्याँस चुलोलगायत २ लाख ५९ हजार रुपैयाँ बराबरका सामग्री हस्तान्तरण गरेको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस उर्लाबारी नगर सभापति तथा व्यवसायी सुरेन्द्र लिम्बू, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरेङ, सुरक्षा युवा समिति संयोजक प्रेम याख्या, सह–संयोजक राजीब लिम्बू, योगराज लिम्बू, योगराज लाबुङलगायत समितिका सदस्यहरूको उपस्थितिमा सामग्रीहरू प्रहरी निरीक्षक रञ्जन बराललाई हस्तान्तरण गरिएको हो।

जेन–जी आन्दोलनका क्रममा उर्लाबारी प्रहरीको पुरानो भवनमा आगलागी भई क्षति भएको हुँदा तत्कालीन आवश्यकता पुरा गर्नका लागि समितिले पहल गरी सहयोग संकलन गरेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय