उर्लाबारी । संविधान दिवसको अवसरमा नेकपा माओवादी केन्द्र उर्लाबारी नगर समितिको आयोजनामा शुक्रबार साँझ दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रीय सदस्य ममता ताजपुरियाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी प्रदेश समिति सदस्य दिनेश फुयल, समसेर लिम्बूलगायतको उपस्थिति रहेको थियो । दिप प्रज्वलन कार्यक्रममार्फत जेन जी आन्दोलनका क्रममा शहीद भएकाप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।
नगर अध्यक्ष गजेन्द्र दङगालले शहीदहरूको बलिदानलाई स्मरण गर्दै जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त संविधानको रक्षाको निम्ति माओवादी अग्रमोर्चामा रहेर लागि पर्ने बताउनुभयो । उहाँले देशको परिवर्तनका लागि विभिन्न कालखण्डमा हुनुभएका शहिदप्रतिको श्रद्धाञ्जलि अर्पण गर्दै भन्नुभयो–‘यी दिपहरू मात्र प्रतीक होइनन्, यो शहिदहरूको सपना पूरा गर्ने हाम्रो प्रतिबद्धता हो ।’ कार्यक्रम सञ्चालन सचिब पवन चौधरीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय