उर्लाबारी । कोशी प्रदेशसभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले संविधान र लोकतान्त्रिक मूल्यहरूको रक्षा पहिलो कर्तव्य भएको बताउनुभयो ।
नेपाली कांग्रेस उर्लाबारी नगर समितिको आयोजनामा शुक्रबार संविधान दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो । उहाँले युवाले देखाएको आक्रोशलाई सम्मान गर्दै परिवर्तनलाई संस्थागत गर्न सबै जिम्मेवार बन्नु पर्नेमा जोड दिनुभयो । नगर सभापति सुरेन्द्र लिम्बूको सभापतित्वमा भएको उक्त कार्यक्रममा कांग्रेस कोशी प्रदेश सदस्य अर्जुन तुम्रोकलगायत नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । सोही कार्यक्रममा जेन जी आन्दोलनमा सहादत प्राप्त गरेका युवाप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय