मिक्लाजुङ । संविधान दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मिक्लाजुङले शुक्रबार ७२ वटा विरुवा रोपेर जेन–जी आन्दोलनका शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गरेको छ ।
पार्टीका नेता छत्र डागीले यो अभियानले वातावरण संरक्षणसँगै शहीदहरूको बलिदानको सन्देश नयाँ पुस्तामा पु¥याउने जानकारी दिनुभयो । कार्यक्रममा कार्यकर्ता, विद्यार्थी तथा स्थानीय बासिन्दाको सक्रिय सहभागिता थियो । उपस्थितहरूले रोपिएका विरुवाको संरक्षणमा प्रतिबद्धता व्यक्त गरेका छन् भने रास्वपा मिक्लाजुङले यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने योजना बनाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय