उर्लाबारी । जेन जी आन्दोलनका कारण क्षति पुगेको उर्लाबारी नगरपालिकासहित ९ वटै वडामा आइजोन इन्टरनेट प्रा.लि. उर्लाबारीले निशुल्क इन्टरनेट जडान गर्ने घोषणा गरेको छ ।
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विपद्को अवस्थामा सानो सहयोग पु¥याउने उद्देश्यले कम्पनीले यस्तो पहल गरेको हो । आइजोन इन्टरनेटका प्रबन्धक निर्देशक नविन श्रेष्ठले नगरपालिकासहित वडा कार्यालयहरूलाई निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने जानकारी दिनुभयो । श्रेष्ठका अनुसार, यसअघि पनि आइजोनले १० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका विभिन्न संघ–संस्था तथा कार्यालयहरूमा निशुल्क इन्टरनेट सेवा उपलब्ध गराइसकेको छ । उहाँका अनुसार, ‘समुदायलाई आवश्यक परेको बेलामा सहयोग गर्नु हाम्रो दायित्व हो । विपद्को घडीमा सहकार्य र एकताले मात्र शहरलाई अघि बढाउन सक्छ,’ भन्ने विश्वासका साथ यसपटक नगरपालिकालाई प्राविधिक सहयोग प्रदान गर्न लागिएको हो । यस पहलले नगरपालिकाको दैनिक प्रशासनिक कामकाज सहज हुने र सेवाग्राहीलाई पनि राहत पुग्ने अपेक्षा गरिएको छ ।























