उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ज्ञानकुमार श्रेष्ठ ‘ज्ञानु’ ले आफ्नो व्यक्तिगततर्फबाट उर्लाबारी नगरपालिका कार्यालयलाई १ लाख ३ हजार ५ सय बराबरको सामाग्री प्रदान गर्नुभएको छ ।
जेन जी समूहले नगरपालिकामा गरिएको आगजनीका कारण कार्यालयको नियमित सेवा प्रभावित भएपछि सेवा सहज बनाउन सहयोग गरिएको हो । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले १ लाख ३ हजार ५ सय रुपैयाँ बराबरको ६ सेट कम्प्युटर मनिटर र १ थान प्रिन्टर हस्तान्तरण गर्नुभएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै श्रेष्ठले भन्नुभयो, ‘नगरवासीलाई नियमित सेवा दिन सहज होस् भन्ने उद्देश्यले यो सहयोग गरेको हुँ । नगरपालिका कार्यालय जनताको साझा घर भएकाले यसलाई क्रियाशील बनाउन सबैले आफ्नो तर्फबाट सहयोग गर्नुपर्छ । ’ उर्लाबारी नगर प्रमुख खरेलले अतुलनीय सहयोगका लागि व्यवसायी श्रेष्ठप्रति आभार प्रकट गर्दै भन्नुभयो,‘यस्तो कठिन समयमा प्राप्त सहयोगले नगरपालिकाको नियमित सेवा संचालनमा ठूलो टेवा पुग्नेछ ।’ त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले सहयोगी दाताहरुप्रति आभार प्रकट गर्दै उपलब्ध सामग्रीहरूको अभिलेख र खर्च विवरण सार्वजनिक गर्ने व्यवस्था निरन्तर रहने स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय