उर्लाबारी । उर्लाबारी–८ स्थित न्यू भिजन एकाडेमीले यस वर्षको दशैं–तिहार विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
विद्यालयले विद्यार्थीलाई चाडपर्वसँग जोड्ने, सांस्कृतिक मौलिकता बुझाउने र परम्परागत मूल्य–मान्यतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, कविता वाचन, नाट्य प्रस्तुतिमार्फत दशैं, तिहार, छठ लगायतका पर्वको महत्व प्रस्तुत गरे । नेपालका मौलिक पर्व केवल रमाइलो मात्र नभई सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भावको प्रतीक रहेको सन्देश विद्यार्थीहरूले आफ्ना प्रस्तुतीमार्फत प्रवाह गरे ।
विद्यालयका प्रिन्सिपल अजित भट्टराईका अनुसार, लामो बिदा हुने भएकाले छुट्टी अघि नै यो विशेष कार्यक्रम आयोजना गरिएको हो । उहाँले भन्नुभयो, ‘हामीले चाहेको भनेको विद्यार्थीलाई पुस्तौंदेखि चलेका पर्वको ज्ञान दिलाउनु हो, ताकि उनीहरूले आधुनिक शिक्षा सँगै आफ्नो मौलिकता पनि जोगाउन सकोस् ।’
कार्यक्रममा शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । शिक्षकहरूले विद्यार्थीलाई पर्वमा निहित सामाजिक, धार्मिक र सांस्कृतिक सन्देश बुझाउँदै चाडबाडलाई सकारात्मक ऊर्जा, आपसी सद्भाव र सामूहिक खुशी बाँड्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
न्यु भिजन एकाडेमीले यसअघि पनि वर्षभर विभिन्न अवसरमा साहित्यिक, सांस्कृतिक र सामाजिक चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यस किसिमका गतिविधिहरूले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञान मात्र नभई जीवनपयोगी शिक्षा दिने विश्वास विद्यालयले लिएको छ ।

May be an image of 8 people and tree

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय