उर्लाबारी । मोरङको उर्लाबारी–७ मा यस वर्षको दशैं तिहारलाई लक्षित गर्दै स्थानीय युवा समूहले लिङ्गे पिङ्ग राखेका छन् । सामुदायिक मनोरञ्जनका लागि राखिएको पिङ्गमा हरेक उमेरका व्यक्तिहरू रमाउन सक्ने व्यवस्था गरिएको छ ।
समाजसेवी पूर्ण वाइबा र सरोज बस्नेतको विशेष सहयोगमा पिङ्ग तयार गरिएको हो । स्थानीय युवाहरूको सक्रियतामा बनेको पिङ्गलाई मनोरञ्जनसँगै संस्कृतिको संरक्षण गर्ने माध्यमका रूपमा लिइएको छ ।
कार्यक्रमका संयोजक अनिश धिमालले चाडपर्वमा आपसी सद्भाव र मेलमिलापलाई बलियो बनाउन पिङ्गले ठूलो योगदान पु¥याउने बताउनुभयो । सह–संयोजक तेजनारायण राजवंशीले भन्नुभयो, ‘हाम्रो संस्कृतिको मौलिकता जोगाउन लिङ्गे पिङ्ग महत्वपूर्ण मानिन्छ, यसलाई निरन्तरता दिन युवाहरूले लिङ्गे पिङ्ग बनाएका हौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय