उर्लाबारी । ‘चाडपर्व सबैको हो, कसैलाई आउँछ, कसैलाई आउँदैन भन्ने हुँदैन’ भन्ने भावनासहित उर्लाबारी–७ निवासी समाजसेवी पूर्ण वाइबाले यस वर्षको दशैंमा १०५ परिवारलाई खुशी बाँड्नुभएको छ । उहाँले आर्थिक रूपमा कमजोर परिवारलाई लक्षित गर्दै हरेक परिवारलाई दुई केजीको दरले सुगुरको मासु वितरण गर्नुभएको छ । चाडपर्वमा आफ्नो परिवार मात्र नभई छिमेकी र समाजका अन्य घरपरिवार पनि रमाउन सकून् भन्ने हेतुले यस्तो कार्य गरेको वाइबाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दशैंको खुशी सबैले बराबरीसँग मनाउनुपर्छ भन्ने मेरो सोच हो, त्यसैले सानो सहयोगमार्फत पनि खुशी बाँड्न खोजेको हुँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय