झापा। झापाको दमकमा हत्या भएका व्यक्तिको पहिचान अझै खुल्न सकेको छैन ।

हिजो दमक –७ स्थित पशुहाटमा पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र नामथर वतन नखुलेका अन्दाजी ५० बर्षका पुरुषको शव फेला परेको हो उनको दाहिनेपट्टीको गालामा धारिलो हतियार प्रहार भएको देखिएको छ । इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिनाले मृत्यु शंकास्पद देखिएको बताउँदै मृतकको पहिचान खुलिनसकेको जानकारी दिए ।कानुनी प्रकृया पुरा गरी शवलाई पोस्टमार्टमको लागि उर्लावारी मोरङ पठाइएको छ ।

यसैबीच सो घटनामा संलग्न भएको आशंकामा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति अनुसन्धानका लागि तीनजनालाई पक्राउ गरिएको डीएसपी तिमल्सिनाले पुष्टि गरे । उनीहरुलाई नियन्त्रमामा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय