उर्लाबारी । मोरङको उर्लाबारी–९, आम्बारीमा जारी चासोक तङनाम भेट्रान फुटबल प्रतियोगितामा उर्लाबारी–९ ले उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गरेको छ। उनले प्रतिद्वन्द्वी उर्लाबारी वडा–२ लाई एकतर्फी खेलमा ५–० को फराकिलो अन्तरले पराजित गरेको हो । खेलमा लोलिम पोमुले दुई गोल गर्न सफल भए भने पदम तामाङले पनि दुई गोल गरे । त्यसैगरी, बिष्णु राईले एक गोल गरे।

चासोक तङनाम पर्वसँगै सञ्चालन गरिएको यो भेट्रान फुटबल प्रतियोगिताले स्थानीय खेलभावना, सहभागिता र उत्साहलाई थप मजबुत बनाएको आयोजकको भनाइ छ।
खेलको म्यान अफ द म्याच उर्लाबारी–९ का पदम तामाङ घोषित भए।
प्रतियोगिताअन्तर्गत भोलिको खेल उर्लाबारी वडा नं. ७ र वडा नं. ५ बीच हुने जनाएको छ। खेलको पुरस्कार स्वरूप नरेन्द्र सेन्दाङले सहयोग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय