उर्लाबारी नगरपालिका–१ अन्तर्गत निर्माणाधीन पिपलडाँगीदेखि मदन भण्डारी मार्ग जोड्ने सडक तथा कृष्ण चोकबाट चिसापानी  जाने सडक कालोपत्रे आयोजनाको स्थलगत अनुगमन तथा गुणस्तर परीक्षणका लागि नमूना संकलन कार्य सम्पन्न गरिएको छ।
अनुगमनका क्रममा सडक निर्माणको गुणस्तर परीक्षण गर्न एस्फाल्ट कोर कटिङ (Asphalt Core Cutting) विधिबाट आवश्यक नमूनाहरू संकलन गरी प्राविधिक मापदण्डअनुसार सीलबन्दी गरिएको हो। संकलित नमूनाहरू प्रयोगशाला परीक्षणका लागि पठाइने जनाइएको छ।
उक्त अनुगमन कार्यक्रममा नगर उप–प्रमुख मीना कुमारी खतिवाडा पौडेल, वडा नम्बर १ का अध्यक्ष तिलक पाण्डे, वडा सदस्य गौरी शंकर दाहाल, अनुगमन समिति सदस्य कृष्णमाया कडरिया, अनुगमन समिति सदस्य कृष्ण बहादुर बर्देवा, प्राविधिक सन्तोष शाह तथा उपभोक्ता प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
अनुगमनमार्फत निर्माण कार्य निर्धारित मापदण्डअनुसार भइरहेको छ कि छैन भन्ने विषयमा स्थलगत रूपमा मूल्याङ्कन गरिएको र आवश्यक सुधारका लागि सरोकारवालालाई सचेत गराइएको उप–प्रमुख सचिवालयले जनाएको छ। नगरपालिकाले विकास निर्माण कार्यमा गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमन तथा प्राविधिक परीक्षणलाई प्राथमिकता दिँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय