उर्लाबारी । राष्ट्रिय स्वतन्त्र पार्टी मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार यज्ञमणि न्यौपानेले आफ्नो निर्वाचन बाचा पत्र सार्वजनिक गर्नुभएको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरिएको बाचा पत्रमा सुशासन, रोजगारी सिर्जना, कृषि तथा उत्पादनमुखी अर्थतन्त्र, शिक्षा–स्वास्थ्य सुधार र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ ।
बाचा पत्रमा भ्रष्टाचारविरुद्ध कडा अभियान, सार्वजनिक खर्चमा पारदर्शिता तथा डिजिटल प्रणालीमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न कृषि, उद्योग र नवप्रवर्तन क्षेत्रमा लगानी प्रोत्साहन गर्ने, उत्पादन वृद्धि र आयात प्रतिस्थापन नीति अवलम्बन गर्ने उल्लेख गरिएको छ ।
कृषि क्षेत्रको विकासका लागि कृषि करिडोर निर्माण, मल–बीउ तथा सिँचाइ व्यवस्थापन सुधार र बजार सुनिश्चिततामा जोड दिइएको छ । शिक्षा र स्वास्थ्यतर्फ गुणस्तरीय तथा व्यवहारिक शिक्षा प्रणाली, प्राविधिक तथा सीपमूलक शिक्षामा जोड, आधारभूत स्वास्थ्य सेवा र बीमा पहुँच विस्तार गर्ने प्रतिवद्धता जनाइएको छ । पूर्वाधार विकासअन्तर्गत सडक स्तरोन्नति, सुरक्षित खानेपानी, जल व्यवस्थापन तथा विद्युत्–सञ्चार सेवा विस्तार गर्ने योजना समेटिएको छ ।
महिला तथा युवाको सशक्तिकरण, सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्ने, नदी कटान नियन्त्रण र जलवायु परिवर्तन अनुकूलन कार्यक्रम सञ्चालन गर्ने विषय पनि बाचा पत्रमा समावेश छन् । उम्मेद्वार न्यौपानेले “परिवर्तनका लागि घण्टीमा मतदान” गर्न मतदातासँग अपिल गर्दै सुशासन, पारदर्शिता र उत्तरदायित्वपूर्ण राजनीति स्थापना गर्ने प्रतिबद्धता दोहो¥याउनुभयो ।

 

May be an image of text

May be an image of text

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय