पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिका र आन्तरिक राजस्व कार्यालय दमकबीच सम्झौता (MoU) भएको छ ।
साविकमा कर दाता सेवा कार्यालय पथरीबाट हुँदै आएका सेवाहरू नेपाल सरकारको निर्णयबमोजिम स्थानीय तहबाटै प्रदान गर्ने सम्बन्धमा पथरी शनिश्चरे नगरपालिका र आन्तरिक राजस्व कार्यालय दमक बीच आज सम्झौता भएको हो ।
सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा र आन्तरिक राजस्व कार्यालय दमकका तर्फबाट प्रमुख कर अधिकृत केशव रघुवंशीले हस्ताक्षर गर्नुभएको छ ।
यस सम्झौतासँगै करदाता सेवा कार्यालयबाट प्रदान हुँदै आएका सम्पूर्ण सेवाहरू अब चाँडै पथरी शनिश्चरे नगरपालिकाबाटै उपलब्ध हुने जनाइएको छ ।
नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, राजस्व शाखा प्रमुख तारा प्रसाद ढकाल लगायतको उपस्थितिमा सम्झौता सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय