आसन्न प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट कुलप्रसाद साम्बा (कुशल) ले प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका छन्।

पूर्व प्रदेशसभा सदस्यसमेत रहनु भएका साम्बा विकासप्रेमी तथा काम गरेर देखाउने नेताका रूपमा परिचित छन्। प्रदेशसभा सदस्यका रूपमा रहँदा उनले मोरङ क्षेत्र नं. १ भित्र भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीलगायत क्षेत्रको विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।

उम्मेद्वारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै साम्बाले जनताको अपेक्षा र भरोसालाई केन्द्रमा राखेर राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरे। “मोरङ–१ का नागरिकले भोग्दै आएका समस्या समाधान र समग्र क्षेत्रको दिगो विकास नै मेरो प्रमुख एजेन्डा हो,” उनले भने।

नेकपाले अनुभवी, इमानदार र विकासमुखी नेताका रूपमा साम्बालाई उम्मेद्वार बनाएको जनाएको छ। उनको उम्मेद्वारीसँगै मोरङ क्षेत्र नं. १ को राजनीतिक माहोल थप तातेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय