आसन्न प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट पूर्णबहादुर बाइवा ले प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका छन्।

मंगलबार दिउँसो उर्लाबारी चोकबाट निकालिएको र्‍याली उर्लाबारी नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालय परिसरमा पुगेर उम्मेद्वारी दर्ता कार्यक्रममा परिणत भएको थियो। र्‍यालीमा राप्रपाका नेता तथा कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

उम्मेद्वारी दर्तापछि बाइवाले जनताको भावना र आवश्यकतालाई केन्द्रमा राखेर राजनीतिमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले मोरङ–१ का नागरिकको हकहित, सुशासन र विकासका सवाललाई प्राथमिकतामा राख्ने बताए। राप्रपाले परिवर्तन, राष्ट्रियता र जनमुखी एजेन्डासहित निर्वाचनमा होमिएको जनाएको छ। बाइवाको उम्मेद्वारीसँगै मोरङ क्षेत्र नम्बर १ मा निर्वाचनको माहोल थप सक्रिय बन्दै गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय