मोरङ । मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फका उम्मेद्वार यज्ञमणि न्यौपानेले घरदैलो अभियान सुरु गरेका छन्।

न्यौपानेले केराबारी क्षेत्रबाट घरदैलो अभियानको औपचारिक सुरुवात गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट थालेका हुन्। घरदैलो क्रममा उनले स्थानीयको समस्या, गुनासा र सुझाव सुन्दै परिवर्तन, सुशासन र जवाफदेही राजनीतिलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताए।

घरदैलो अभियानमा सहभागी कार्यकर्ताहरूले पार्टीको नीति तथा कार्यक्रमबारे जानकारी गराउँदै जनताको विश्वास जित्ने गरी शान्त र अनुशासित ढंगले अभियान सञ्चालन गरिने जनाएका छन्।

स्थानीय बासिन्दाले पनि प्रत्यक्ष संवादको अवसर पाएको भन्दै घरदैलो अभियानलाई सकारात्मक रूपमा लिएका छन्। रास्वपाले मोरङ–१ मा जनसम्पर्कलाई तीव्र बनाउँदै चुनावी गतिविधि बढाउने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय