उर्लाबारी । नेपाली कांग्रेस मोरङ निर्वाचन क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय उर्लाबारी नगरपालिका–४ भद्रमारीमा उद्घाटन गरिएको छ ।
उद्घाटन कार्यक्रमको सभापतित्व क्षेत्रीय सभापति शंकर राईले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा कोशी प्रदेश सह–महामन्त्री तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार खड्गबहादुर फागो रहनुभएको थियो ।
कार्यक्रममा उम्मेदवार फागोले मोरङ निर्वाचन क्षेत्र नम्बर १ को समग्र विकास र परिवर्तनका लागि आफू प्रतिबद्ध रहेको बताउँदै आफूलाई मतदान गरी विजयी गराउन मतदातासँग आग्रह गर्नुभयो । त्यस्तै, क्षेत्रीय सभापति शंकर राईले पार्टी शान्त र जिम्मेवार ढंगले अघि बढिरहेको उल्लेख गर्दै भइरहेका आरोप–प्रत्यारोपलाई चिर्दै सबै समिति तथा भ्रातृ संगठनहरू सक्रिय भएर चुनावी अभियानमा लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । त्यस्तै, नेपाल तरुण दलका केन्द्रीय सदस्य सचिन शाक्यले सबै कार्यकर्ता एकताबद्ध भएर चुनावी अभियानमा जुट्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै, उर्लाबारीका संस्थापक सभापति नरेश थापाले देश र लोकतन्त्रका लागि नेपाली कांग्रेसले गरेको त्यागको स्मरण गर्दै युवा नेतृत्वलाई विजयी गराउन सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीलाई अझ सशक्त र व्यवस्थित बनाउँदै अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । त्यस्तै, महिला संघ क्षेत्रीय सभापति तथा महाधिवेशन प्रतिनिधि गोमा नेपालले यस निर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चित रहेको दाबी गर्दै विगतका असमझदारी भुलेर सबै एकजुट भई जिम्मेवारी बहन गर्न आग्रह गर्नुभयो ।
यस्तै, उर्लाबारी–५ मा प्रदेश निर्वाचन कार्यालयको समेत उद्घाटन गरिएको छ भने लेटाङमा नगर निर्वाचन कार्यालय उद्घाटन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय