झापा । झापाको दमकमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।

आज दिउँसो ३ः३० बजे दमक १ बरगाछीस्थित भित्री सडकखण्डमा दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ न. को टिपर र दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र.१–०१–०१८ प ८३०३ न.को मोटरसाइकल एक आपसमा ठक्कर खाएका थिए ।

दुर्घटनामा मोटरसाइकलमा रहेका इलाम चुलाचुली गाउँपालिका ४ बस्ने २२ वर्षीय प्रवेश राई र सोही ठाउँ बस्ने १९ वर्षीय जनम राई घाइते भएका थिए । दुवैजनालाई उपचारको लागि दमक अस्पताल दमकमा पठाइएकोमा उपचारको क्रममा दुवैजना घाइतेको मृत्यु भएको हो ।

टिपर चालक उदयपुर त्रियुगा ९ रातमाटे बस्ने ३२ वर्षीय हिबराज राय, टिपर र मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय