उर्लाबारी । मोरङ क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेद्वार कुशल लिम्बूको पक्षमा चुनावी माहोल तातिएको छ । विकासप्रेमी नेताको पहिचान बनाएका लिम्बू अहिले घरदैलो तथा भेटघाट अभियानलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष संवादमा जुटिरहेका छन् ।
पूर्व प्रदेश सांसदसमेत रहनुभएका लिम्बूले उर्लाबारी, मिक्लाजुङ, केराबारी र लेटाङका विभिन्न वडामा पुगेर मतदातासँग भेटघाट तथा अन्तरक्रिया गरिरहेका छन्। । घरदैलो अभियानका क्रममा स्थानीयले विकास, रोजगारी, शिक्षा र पूर्वाधारका विषयमा आफ्ना अपेक्षा राखेका छन् भने लिम्बूले जनताको आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अभियानका क्रममा उनले यस पटक परिवर्तन र विकासका लागि तारा चुनाव चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन मतदातासँग अपिल गरेका छन् । कार्यकर्ताका अनुसार पछिल्ला दिनमा जनस्तरबाट सकारात्मक साथ र समर्थन बढ्दै गएको बताइएको छ ।























