उर्लाबारी । मोरङको लेटाङका एमाले नेता घनश्याम खतिवडा नेकपा (एमाले) का अनुशासित, सरल र निष्ठावान नेताका रूपमा परिचित हुनुहुन्छ । उहाँ हाल नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष हुनुहुन्छ भने मोरङ क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाका पूर्व सांसद समेत हुनुहुन्छ । सांसद रहँदा उहाँले उत्तरी मोरङको विकासमा पु¥याएको योगदानको स्थानीयस्तरमा उच्च प्रशंसा हुँदै आएको छ ।
संसदमा रहँदा खतिवडाले क्षेत्रीय समस्या मात्र नभई राष्ट्रिय सरोकारका विषयहरूमा पनि निरन्तर आवाज उठाउनुभएको थियो । उत्तरी मोरङका पूर्वाधार, जनजीविका र सेवा–सुविधासम्बन्धी गुनासा पटक–पटक संसदमा प्रस्तुत गर्दै समाधानको पहल गर्नुभएको थियो ।
संसदीय अभ्यासका क्रममा नीति, विधि र सिद्धान्तलाई प्राथमिकता दिने नेताका रूपमा उनको पहिचान बनेको छ । विकास, सुशासन, शिक्षा र सामाजिक न्यायका मुद्दामा उहाँले निरन्तर वकालत गर्दै आउनुभएको छ । हाल कार्यान्वयनमा रहेको भूमि ऐनमा १० वर्ष बसोबास गरेकालाई जग्गा धनीपूर्जा दिनुपर्ने व्यवस्था समावेश गराउन उहाँले खेलेको भूमिकाको चर्चा हुने गर्दछ ।
स्थानीय विकास, जनजीविकाका सवाल र राष्ट्रिय राजनीतिमा विचारप्रधान नेतृत्व दिने नेतामध्ये खतिवडा अग्रपंक्तिमा गनिनुहुन्छ । सरल जीवनशैली, स्पष्ट विचार र इमान्दार छविका कारण पनि उहाँ अलग पहिचान बनाएका नेता मानिनुहुन्छ । उहाँको व्यक्तित्वले कतिपयलाई स्वर्गीय मदन भण्डारीको झझल्को दिलाउने बताइन्छ ।

गत प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धा गर्नुभएका खतिवडा करिब चार सय मतको झिनो अन्तरले पराजित हुनुभयो । हाल उहाँ आफू सांसद हुँदा सुरु गरेका तथा पहल गरेका विकासका कामलाई पूर्णता दिनुपर्ने एजेन्डासहित पुनः सक्रिय रहनुभएको छ । उत्तरी मोरङको आवाजलाई फेरि संसदमा प्रभावकारी रूपमा उठाउने लक्ष्यका साथ उहाँ पुनः प्रतिनिधिसभा सदस्य बन्ने दौडमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय