मोरङ । मोरङ क्षेत्र नं. १ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्णप्रति उम्मेदवार कुशल लिम्बूले धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ।

नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट मोरङ–१ का उम्मेदवार लिम्बूले एक वक्तव्य जारी गर्दै निर्वाचनलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल आर्मी, निर्वाचनमा खटिनु भएका कर्मचारी, मतदानमा सहभागी मतदाता, सञ्चारकर्मी तथा राजनीतिक दलका नेता–कार्यकर्ताप्रति कृतज्ञता व्यक्त गर्नुभएको हो।

उहाँले सबैको सहयोग, अनुशासन र सक्रिय सहभागिताका कारण निर्वाचन सुरक्षित, निष्पक्ष र सभ्य वातावरणमा सम्पन्न हुन सकेको उल्लेख गर्नुभयो। लोकतन्त्रको सुदृढीकरणका लागि सबैको योगदान स्मरणीय रहने पनि लिम्बूले बताउनुभयो।

“लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन यहाँहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ। सबैमा पुनः एकपटक हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु,” लिम्बूले वक्तव्यमा उल्लेख गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय