उर्लाबारी । मोरङ क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टी बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बन्नुभएका कुशल लिम्बू यतिबेला घरदैलो तथा भेटघाट कार्यक्रममा व्यस्त हुनुहुन्छ ।
उहाँले उर्लाबारी, मिक्लाजुङ, लेटाङ र केराबारीका विभिन्न स्थानमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो पक्षमा मत दिन आग्रह गरिरहनुभएको छ । घर–घरमा पुगेर स्थानीय समस्या, विकासका आवश्यकता र जनअपेक्षाबारे सुनिरहेका लिम्बूले आफू विकास र सुशासनका पक्षमा प्रतिबद्ध रहेको बताउनुभएको छ । यसअघि प्रदेशसभा सदस्यका रूपमा काम गरिसक्नुभएका उहाँले आफ्नो अनुभवलाई संघीय संसदमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चुनावी अभियानका क्रममा युवा, किसान, व्यवसायी तथा ज्येष्ठ नागरिकहरूसँग अन्तरक्रिया गर्दै उहाँले क्षेत्रीय विकास, रोजगारी सृजना, शिक्षा–स्वास्थ्य सुधार र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्ने योजना सार्वजनिक गर्नुभएको छ । मोरङ–१ मा उहाँप्रति जनसमर्थन बढ्दो देखिएको स्थानीय कार्यकर्ताहरूको दाबी छ । मतदातामाझ विकासप्रेमी र सक्रिय नेताका रूपमा पहिचान बनाएका कुशल लिम्बू यसपटकको निर्वाचनमा बलियो दाबेदारका रूपमा उभिनुभएको छ ।























