काठमाडौं । पछिल्लो समय सरकार नेत्र विक्रम विप्लव समुह प्रति कठोर बन्दै गएको छ । विप्लब समुहका नेता कार्यकर्तालाई पक्राउ गर्न थालेको छ । यसैबीच ललितपुरमा प्रहरीकै आँखा अगाडीवाट विप्लव समुहको दोस्रो वरियतामा रहेका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड फुत्किएका छन् । उनी ललितपुरमा मोटरसाइकलमा आएका थिए । प्रहरीले सूचना पाएर गएको थियो ।

प्रहरीले ललितपुरवाट विप्लवका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई भने पक्राउ गरेको छ । बुधवार सादा पोशाकका प्रहरी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता आएको खबर पाएर पुगेको थियो ।

चारवटा मोटरसाईकलमा आएका थिए, विप्लव समुहका नेता कार्यकर्ता । प्रहरीले मोटरसाईलक राकेपछि दुईवटा मोटरसाईकलमा आएका नेता भागे । भाग्ने मध्येका एक नेता थिए, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड ’रहेको प्रहरीले जनाएको छ ।

प्रकाण्डसँगै केन्द्रीय सदस्य चिरन पुन र विद्यार्थी नेता अनिल शाही पनि भागेका छन् । तेस्रो बरियताका धर्मेन्द्र बास्तोला सहित अन्य दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय