काठमाडौं, प्रतिनिधि सभा विघटनको विरोधमा रहेका संघीय तथा प्रदेश सांसद र तत्कालीन संविधान सभाका सदस्यहरूले आज (बुधबार) देखि माइतीघरमा धर्ना दिने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध आज (माघ १४ गते) दिउँसो १२ बजेसम्म धर्नामा बस्न लागिएको उनीहरूले बताएका छन्। धर्ना माघ २१ गतेसम्म चल्ने बताइएको छ।























