
झुटो वाचा र आश्वासनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीतिको अभिन्न अंग बनाएका छन्।
विगतमा उनले दिएका झुटा आश्वासनका चाङ नै छन्। अति संवेदनशील विषयमा प्रधानमन्त्री ओलीले बुधबार फेरि अर्को झुटो आश्वासन दिएका छन्। कोभिड-१९ विरूद्धको खोप अभियानको सुरूवात गर्दै उनले आउने तीन महिनाभित्र सबै नेपालीले खोप पाइसक्ने आश्वासन दिए।
उनले भने, ‘हामी ठान्छौं करिब तीन महिनाभित्र हामीले सबै नेपालीलाई खोप उपलब्ध गराइसक्ने छौं।’ अझ अगाडि बढेर उनले बढीमा तीन महिना लाग्ने संकेत गर्दै भने, ‘मेरो विचारमा तीन महिना लाग्न सक्छजस्तो लाग्छ।’