
काठमाडौं । सरकारले दोस्रो चरणमा कोरोनाविरुद्धको खोप ल्याउने प्रक्रिया अगाडि बढाएको छ ।
भारतबाट दोस्रो चरणको खोप ल्याउन यसअघि नै पत्र पठाइसकेको र छिट्टै दोस्रो चरणको खोप नेपाल आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिर अधिकारीले दोस्रो चरणको खोप ल्याउन सबै तयारी पूरा भएको र अब खोप ल्याउने र लगाउने काम मात्रै बाँकी रहेको बताएका छन ।
बिहीबार देशका ७७ वटै जिल्लाका खोप केन्द्रबाट खोप लगाउन सुरु हुने स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.अधिकारीले बताए ।