काठमाडौं, प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधवकुमार नेपालले केपी ओलीले अहिलेसम्म कुनै पनि आन्दोलनको अगुवाइ नगरेको बताएका छन्।

बिहीबार बुटवलमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली अगुवाइ गर्ने मान्छे नभएर पछि लतारिने मान्छे भएको बताए।

‘ओली समयको पछाडि लतारिने मान्छे हो, अगुवाइ गर्न सक्ने खुवी र क्षमता उहाँमा छैन’, अध्यक्ष नेपालले भने, ‘यो सबै कुरा हामीले अनुभवबाट प्राप्त गरेका छौँ, अनुभव भन्दा ठूलो कुरा अरु केही हुन सक्दैन।’

उनले ओलीले अहिलेसम्म कुनै पनि न्यायपूर्ण आन्दोलनको नेतृत्व नगरेको र उनको बानी नै पछाडि बसेर कुरा काट्ने रहेको बताए।

‘केपी ओलीले अहिलेसम्म कुनै पनि न्यायपूर्ण आन्दोलनको अगुवाइ गर्नुभएको छैन’, उनले भने, ‘जहिले पनि पछाडि बसेर कुरा काट्ने उहाँको बानी छ, पछाडि बसेर अरुको बद्ख्वाई गर्न स्वभाव छ।’

उनले ओलीले अनुचित टीकाटिप्पणी र अरुको खुट्टामात्रै तान्ने काम गरेको आरोप लगाए। उनले आफूले आफूले खुट्टा तान्ने भएका कारण खुट्टा मात्रै सम्झ्ने गरेको बताए।

‘उहाँले अरुको अनुचित टीकाटिप्पणी र खुट्टा तान्नेमात्रै काम गर्नु हुन्छ, त्यसैले उहाँ खुट्टामात्रै सम्झनुहुन्छ’, उनले भने, ‘हामी उहाँको हात समातेर अगाडि बढाउन चाहन्छौँ, उहाँ थचक्क बस्नुहुन्छ, अगाडि बढ्नै चाहानुहुन्न।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय