उर्लाबारी । आर्थिक अवस्था कमजोर भएका उर्लाबारी–७ का २२ बर्षीय मनोज यादब उपचार वापतको रकम तिर्न नसकेर अस्पतालमै बस्न बाध्य भएका छन् ।
नोबेल अस्पतालको फार्मेसीका करिब २ लाख रुपैयाँ औषधिको तिर्न बाँकी रहेका कारण उनी घर फर्किन पाएका छैनन् । दैनिक मजदुरी गरी परिवार पाल्दै आएका यादब सुपारी झार्न बोटमा चढेको बेला एक्कासी झरेर गम्भिर घाइते भएका थिए । उनको हात तथा ढाडमा गम्भिर चोट लागेको थियो । खर्च तिर्न नसकेकै कारण घर फर्किन नपाएको भन्दै उनले सबैलाई सहयोगका लागि हारगुहार गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय