उर्लाबारी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारी सत्तारुढ दलको गोटी बनेको आरोप लगाउनु भएको छ ।
आज मोरङ क्षेत्र नं. १ ख का सभापति इश्वरी कोइरालाको ६६ दिनको शोक सभा कार्यक्रममा बोल्दै उहाँले सो आरोप लगाउनुभएको हो । प्रधामन्त्री केपी शर्मा ओलीको गोटी र मतियारको रुपमा राष्ट्रपति भण्डारीले हस्तारक्षण गरी प्रतिनिधिसभा विघटन गरेको उहाँको भनाई छ । उहाँले राष्ट्रपति भण्डारीले संविधानको संरक्षकको भूमिका निर्वाह गर्न नसकेको बताउनुभयो । संविधानको कुनै धारामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिएको उहाँले प्रष्ट पार्नुभयो । संविधानको धाराले नदिएको अधिकारलाई प्रयोग गरेर प्रतिनिधिसभा विघटन भएकाले त्यसका विरुद्धमा कांग्रेसले चरणबद्ध तरिकाले संघर्षका कार्यक्रमहरु गरिरहेको उहाँको भनाई छ । प्रतिनिधिसभा पुर्नस्थापनाका लागि आफूहरुले आन्दोलन गरिरहेको उल्लेख गर्दै सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुर्नस्थापना हुनेमा ढुक्क रहेको उहाँले बताउनुभयो ।
साइबर सेना लगाएर नागरिकमाथी धाकधम्की दिने भइरहेको बताउँदैे प्रधानमन्त्री ओलीले अपराधीहरुलाई पार्टी प्रवेश गराइरहेको उहाँले आरोप लगाउनुभयो । ‘अपराधीहरुलाई दण्डीत गर्ने ठाउँमा पार्टी प्रवेश गराउने काम प्रधानमन्त्री ओलीबाट भइरहेको छ’ उहाँले भन्नुभयो–‘भ्रष्टचारमा १ नम्बर ओली सरकार बनेको छ ।’ प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्रीबाछ राजीनाममा दिनु पर्नेमा उल्टै शिलान्यास गर्दै हिँडिरहेको उहाँले बताउनुभयो । प्रदेशसभाहरुमा अविश्वासको पक्षमा कांग्रेसले मत जाहेर गर्नु पर्ने उहाँको धारणा छ । सभालाई कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, नेपाली कांग्रेस मोरङ क्षेत्र नं १ का सभापति खड्ग फागोलगायतले बोल्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय